सिंगटीबाट चरिकोट आउँदै गरेको टिपर दुर्घटना हुँदा ४ जना घाइते

अनलाईन न्युजपाटी,दोलखा,समाचारदाता, पौष २७ गते।

भीमेश्वर नगरपालिका–१, क्षमावतीको राम्पामा आइतबार बिहान टिपर दुर्घटना भएको छ । सिंगटीबाट चरिकोट आउँदै गरेको टिपर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । चालक भने फरार छन् । दुर्घटनामा परेर कालिञ्चोक गाउँपालिका–८, मलेपुका ३६ वर्षीय विक्रम खड्का, ३५ वर्षीय देवकी माझी, ७५ वर्षीय नन्द माझी र १२ वर्षीय रश्मी माझी घाइते भएको दोलखा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले बताए । कालिञ्चोक गाउँपालिका–७ का ३५ वर्षीय चालक प्रदीप पकुवाल फरार रहेको प्रहरीले जनाएको छ ।घाइते हरूको चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । आइतबार बिहान करिव साढे ८ बजे गिटी बोकेको बा ४ ख ६११६ नम्बरको लोड टिपर आफैँ अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल पुगेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *