अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष २७ गते।
जिल्लाको तमानखोलामा भरुवा बन्दुकको छर्राले लागेर ओमबहादुर घर्तीमगरको मृत्यु भएको घटनाको विषयमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय भेषबहादुर बुढा, ४० वर्षीय खट्के दमाई, २० वर्षीय भीमबहादुर नेपाली, ३५ वर्षीय दुर्गाबहादुर घर्ती र ४७ वर्षीय देवबहादुर पुन रहेका छन् । त्यस्तै ३५ वर्षीय लोकबहादुर बुढा, ६७ वर्षीय प्रेमबहादुर पुन, ३९ वर्षीय पृथीबहादुर घर्ती र ४४ वर्षीय फर्सबहादुर बुढालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टराईले जानकारी दिए । उनले पृथीबहादुर घर्ती, दुर्गाबहादुर घर्ती र खट्के दमाईको घरबाट तीन थान एक नाले भरुवा बन्दुक बरामद् गरिएको जानकारी दिए । उनीहरूलाई कर्तव्य ज्यान र अवैध हतियार तथा खरखजना मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको एसपी भट्टराईले बताए ।