बर्दगोरिया बौनियाँ कट्टीपुरमा छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, पौष २७ गते।

 कैलालीको बर्दगोरिया गाँउपालिका १ बौनियाँ कट्टीपुरमा छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ । महिनावारी भएको बेला छुटै गोठमा बस्नुपर्ने परम्परा कायमै रहेकोले कम गर्न सडक नाटक प्रदर्शन गरिएको हो ।मर्सी कोर र बेस कैलालीको स्टेम परियोजना अन्तर्गत विद्यालय देखी समुदाय सम्म प्रजनन शिक्षा सम्बन्धी जानकारी दिने उदेश्यले सडक नाटक प्रदर्शन गरिएको स्टेमकी सामाजिक सहजकर्ता नारायणी गौतमले बताईन् । सडक नाटकमा कलाकारहरुले नाटकको माध्यम बाट छाउपडी प्रथा सम्बन्धी जनचेतना मुलक जानकारी दिएका थिए । कार्यक्रममा बर्दगोरिया गाँउपालिका १ का जनप्रतिनिधि, स्वयमसेविका, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *