अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदाता, पौष २८ गते।
कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्याधिक चिसोका कारण सोमबार देखी सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ। अत्यधिक जाडोका कारण पठनपाठनमा समस्या भएपछि नगरपालिकाले सूचना प्रकाशन गरी पुस २८ गतेदेखि आगामी माघ ५ सम्म जाडो विदा दिने निर्णय गरेको हो। विद्यालयहरु माघ ६ गतेबाट सुचारु हुने सूचनामा जनाईएको छ । यस्तै, महाकाली नगरपालिकाले पनि अत्यधिक सितलहर र जाडोका कारण यही पुस २८ गते र २९ गते दुई दिन नगर क्षेत्र भित्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ। माघ १ गते सार्वजनिक बिदा रहेकोले त्यसपछि मौसममा केही सुधार आएमा विद्यालय सञ्चालन गरिने तर मौसममा सुधार नआएमा अर्को सूचना जारी गर्ने जनाईएको छ।