बेलायती राजदूत तेहरानमा तीन घण्टाका लागि पक्राउ

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता, पौष २८ गते।

इरानका लागि बेलायती राजदूत तेहरानमा तीन घण्टाका लागि पक्राउ परेका छन् ।युक्रेनी विमान दुर्घटनाका पीडितले गरेको श्रद्धाञ्जली सभा तथा प्रदर्शनमा सहभागी भएको भन्दै राजदूत रब मकेयरलाई पक्राउ गरिएको बताइएको छ । बेलायतले भने यस्तो घटनालाई अन्तर्राष्ट्रि कानुनको ठाडो उल्लंघन भन्दै आपत्ति जनाएको छ ।विदेशमन्त्री डोमिनिक राबले विज्ञप्ति निकाल्दै इरानले विना जानकारी र विना कारण आफ्ना राजदूतलाई पक्राउ गरेकोमा विरोध जनाएको हो । ‘तेहरानमा विना कारण हाम्रा राजदूतको पक्राउ गरिनु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन हो,’ विदेशमन्त्री राबले जनाएका छन् ।अमेरिकी फौजको आक्रमणमा इरानी कमाण्डर कुसाम सुलेमानी मारिएपछि इरानमा आक्रोश बढेको छ । यससँगै युक्रेनी विमान दुर्घटनामा इरानले ‘भूलवश् खसेको’ प्रतिक्रिया दिएपछि पीडितले कारवाहीको माग गरेका छन् ।सोही घटनाका मृतकका आफन्त तथा पीडितले तेहरानमा प्रदर्शन गरेका छन् । जहाँ बेलायती राजदूत पनि सहभागी भएको इरानी पक्षले जनाएको छ । साथै प्रदर्शनलाई भड्काएकोमा पक्राउ गरिएको इरानी अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *