सिरहामा हत्या गरेको आरोप र हातहतियार मुद्दाका एक फरार कसुरदार पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, पौष २८ गते।

सिरहामा हत्या गरेको आरोप र हातहतियार मुद्दाका एक फरार कसुरदार पक्राउ परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका– ८ का ३५ वर्षीय मोहम्मद हसिद राइन साहलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ ।जिल्ला अदालत सिरहाले २०७१ असोज २ गतेको गरेको फैसला अनुसार हत्या आरोपमा १० वर्ष कैद र हातहतियार मुद्दामा २०७२ चैत्र १२ मंसिर ८ गतेको फैसला अनुसार तीन वर्ष कैद सजाय र एक लाख जरिवाना पाएका फरार हसिदलाई आइतबार इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।पक्राउ परेका हसिदलाई घरमा लुकीछीपि बसेको अवस्थाबाट पक्राउ गरी जिल्ला अदालत सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *