अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदाता, पौष २८ गते।
कञ्चनपुरमा महिला अधिकारकर्मीमाथि प्रहरीले कुटपिट गरेको छ। निर्मला हत्या प्रकरणमा दोषीलाई कारवाहीको माग गर्दै जिल्ला अदालत अगाडी मौन धर्नामा बसेका अधिकारकर्मी शारदा चन्द लगायतमाथि कुटपिट भएको हो। नागरिक संघर्ष समितिकी अध्यक्ष एवंम अधिकारकर्मी मीना भण्डारीले मौन धर्नामा बसेका बेला प्रहरीले धरपकड गर्दै कुटपिट गरेको बताईन्।भण्डारीले अधिकारकर्मी चन्द सहित लक्ष्मी मल्ल र आनन्दी राना प्रहरीको कुटपिटबाट घाईते भएको अनलाईन न्युजपाटीलाई जानकारी दिईन्। उनका अनुसार चन्दको टाउकोमा गम्भीर चोट लागेको छ। महाकाली अस्पतालले चन्दलाई उपचारका लागि धनगढी रेफर गरेको छ।यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने अधिकारकर्मीमाथि धरपकड गरिएको कुरा गलत भएको दावी गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले अधिकारकर्मीलाई जिल्ला अदालतमा नबस्न आग्रह गरिएपनि धरपकड नगरिएको अनलाईन न्युजपाटीलाई बताए।