स्रोत नखुलेको ३ लाख रकमसहित एक भारतीय युवक प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,पर्सा,समाचारदाता, पौष २८ गते।

जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ३ लाख रकमसहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा भारत बिहार मोतिहारीको चम्पारण रक्सौलका २१ वर्षीय जबिउल्लाह आलम रहेका छन् ।वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकस्थित सडकमा चेकजाँचका क्रममा बीआर०५भी३४४४ नम्बको मोटरसाइकलसहित आलमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।उनि वीरगञ्ज प्रवेश गर्दै थिए । उनको साथबाट बरामद भएको स्रोत नखुलेको रकम हुण्डीबाट कारोबार भएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *