सुरुङ्गा नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष मुक्ति कार्कीको निधन

अनलाईन न्युजपाटी,राजविराज,समाचारदाता, पौष २८ गते।

सप्तरीको एक वडाध्यक्षको मृत्यु भएको छ। सुरुङ्गा नगरपालिका-१ का वडा अध्यक्ष ५५ वर्षीय मुक्ति कार्कीको मृत्यु भएको हो ।अध्यक्ष कार्की केही समय देखि अस्वास्थ रहेको र राती आफनै निजिनिवासमा खान खाएर सुते पछि बिहान नउठेको हुँदा श्रीमतीले देखे पछि उनको निधन भएको थियो । अध्यक्षको मृत शरीरलाई श्रीमती, दुई छोरी र एक छोराका पिता वडाध्यक्ष कार्कीको आज अन्त्येष्टि गरिएकोनगर प्रमुख मुक्तिनाथ चौधरीले बताइएको हुन् ।कार्की स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । कार्कीको निधन भएकोमा नगरपालिकाले कार्की प्रती शोक बेक्त गर्दै एक दिने बिदाको घोषणा पनि गरेको नगर प्रमुख चौधरीले जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *