सिकार गर्दै गरेका दुई जना एक थान भरुवा बन्दुकसहित पक्राउ

अनलाईन न्युजपाटी,राजविराज,समाचारदाता, पौष २९ गते।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा भरुवा बन्दुक लिएर शिकार खेलिरहेका दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।वडा नम्वर १ गोरपारबाट नियन्त्रणमा लिइएको उनीहरुको साथबाट भरुवा बन्दुकसहित त्यसमा लाग्ने एक थान बारुद मेटासिन तथा २५ थान छर्रा बरामद गरिएको छ । सशस्त्र प्रहरी बल भारदह सुरक्षा वेश क्याम्पबाट गस्तीमा खटिएको टोलीले कञ्चनरुप नगरपालिका वडा नम्वर १ मलकोरका ४० वर्षीय बाबुलाल चौधरी र सप्तकोशी नगरपालिका वडा नम्वर १० कमलपुरका ३० वर्षीय रविन तामाङ्गलाई आइतवार राति नियन्त्रणमा लिएको हो ।भरुवा बन्दुक, लाग्ने बारुद मेटासिन तथा छर्रासहित नियन्त्रणमा लिइएका दुवै जनामाथि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा वुझाइएको क्याम्पका सशस्त्र प्रहरी सहायक निरीक्षक वैधनाथ झाले जानकारी दिए । दुवै जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *