अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,पौष २९ गते।
प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक जना पाष्टरलाई पक्राउ गरेको छ ।बलात्कार आरोपमा आशा विश्वासी मण्डली चर्चका पाष्टर बिश्वास जोशी भन्ने ध्रुवबाबु जोशीलाई पक्राउ परेका छन्। पीडित महिलाले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरको टोलीले सोमबार पक्राउ गरेको प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिइन्। रोग निको हुने आश्वसान दिएपछि आशा विश्वासी मण्डली चर्चमा प्रार्थना गर्न जाँदा जोशीले जबरजस्ती करणी गरेको पीडित महिलाको आरोप छ। नराम्रो काम गरेका कारण तिमीलाई यस्तो रोग लागेको र पाप मेटाइदिने भन्दै जोशीले पटक पटक बलात्कार गर्दै आएको पीडित महिलाको किटानी जाहेरीमा उल्लेख छ।