पोखरामा १७ वर्षका एक किशोर स्कुटर चोरीमा सक्रिय भएको तीन हप्तामै पक्राउ

अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता,माघ २ गते।

पोखरामा १७ वर्षका एक किशोर स्कुटर चोरीमा सक्रिय भएको तीन हप्तामै प्रहरीले उनलाई पक्राउ गरेको छ । पोखराका ती किशोर कक्षा सातमा अध्ययनकै क्रममा पढाई छाडेर स्कुटर चोर्ने थालेसँगै प्रहरीले उनीलाई आफ्नो नियन्त्रणमा लिएको हो ।विगत तीन हप्ता देखि पोखरा क्षेत्रमा स्कुटर चोरी अभियानमा लागेका उनले ५ वटा स्कुटर चोरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उनले पुरानो २-३ वटा चावी लिएर पार्किङ गरेका कुनै पनि स्कुटरमा चावी चेक गर्दै हिड्ने क्रममा स्टाट भएमा स्कुटर चोरी गर्दै हिड्ने गरेको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. राजकुमार केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *