अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,माघ ३ गते।
कैलालीमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदा दुई जना घाईते भएका छन्।जिल्लाको लम्कीचुहा नगरपालिकाको वडा नम्बर ६ मा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ त १२७१ नम्बरको ट्याक्टरले विपरित दिशा तर्फ गईरहेको से २ प ७२५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक २४ वर्षीय धिरेन्द्र विष्ट र मोटरसाईकलमा सवार ६० वर्षीय राजेन्द्र विष्ट घाईते भएका हुन्।ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदा धिरेन्द्रको छाती र राजेन्द्रको छाती र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।घाईते दुवै जनाको सामान्य उपचारपछि लम्कीकै मालिका अस्पतालले कोहलपुर रेफर गरिएको छ। ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदा धिरेन्द्रको छाती र राजेन्द्रको छाती र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।घाईते दुवै जनाको सामान्य उपचारपछि लम्कीकै मालिका अस्पतालले कोहलपुर रेफर गरिएको छ। ट्याक्टर चालक २४ वर्षीय जनक चौधरी फरार छन्। उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।