धादिङमा मिनी ट्रक दुर्घटना हुदा ६ जनाको मृत्यु

अनलाईन न्युजपाटी,धादिंग,समाचारदादाता,माघ ७ गते।

धादिङको निलकण्ठ नगरपालिका-८ मा मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक  रवीन्द्र रेग्मीले जानकारी दिए । मृतकको सनाखत भएको छैन ।दुर्घटनामा घाइते १५ जना मध्ये ५ जना गम्भीर घाइते छन् । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको एसपी रेग्मीले बताए । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।धादिङको ज्वालामुखी गाउँपालिका-४ मा रहेको ढोला मण्डलीमाईको दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको ग१ख ८०१२ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो ।मिनी ट्रकमा ढोला मण्डलीमाईको दर्शन गर्न गएका निलकण्ठ नगरपालिका-२ भुलभुलेका बासिन्दा चढेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *