सिरहामा लागुऔषध गाँजासहित २ जना पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदादाता,माघ १० गते।

सिरहा प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिरहाको बिष्णुपुर गाउँपालिका ५ बस्ने २९ वर्षीय सुनिलकुमार पासवान र धनगढिमाई नगरपालिका ८ बस्ने २४ वर्षीय महेन्द्र साह छन् ।सिरहाको धनगढीमाई नगरपालिका ९ स्थित विशेष सुचनाको आधारमा बुधबार जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोशाकको टोलीले स ७ प १२८२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा लुकाईछिपाई ल्याईरहेको अबस्थामा साढे १४ किलो लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी लहान सिरहाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *