१५ वर्षीया सुस्तमनस्थितिकी किशोरीको बलात्कार मुद्दामा फरार अभियुक्त पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ १० गते।

एक १५ वर्षीया सुस्तमनस्थितिकी किशोरीको बलात्कार मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् ।उच्च अदालत पाटनको २०७५ कात्तिक २७ गतेको फैसलाले २ वर्ष ६ महिनाको कैद सजाय पाएका ओखलढुंगाको सिंहदेवी गाविस घर भइ  भक्तपुरको सिपाडोल–६ बस्ने पूर्णबहादुर खड्कालाई  केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।बिहीबार भक्तपुरको सूर्यबिनायकबाट पक्राउ परेका उनलाई जिल्ला अदालत भक्तपुरमार्फत डिल्लीबजार कारागार पठाइएको ब्यूरोले जनाएको छ । प्रहरीका अनुसार ०७२ फागुन २१ गते खड्काले भक्तपुर जगातेकी १५ वर्षीया किशोरीलाई १० रुपैयाँ दिएर फकाउँदै सूर्यबिनायक नगरपालिका ६ स्थित आफ्नो कोठामा लगेर बलात्कार गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *