अनलाईन न्युजपाटी,लहान,समाचारदादाता,माघ १२ गते।
लाहानबाट अवैध चाँदीका विभिन्न गहनासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लाहान नगरपालिका -८ बाट अवैध रुपमा बोकेर हिँडेको ५ किलो ७ सय ४२ ग्राम ७५० मिलीग्राम बराबरको चाँदीका विभिन्न गहनासहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका १४ बस्ने ३० वर्षीय सुमन बिक र झापा शिवसतासी नगरपालिका ८ झिलझिले बस्ने ३८ वर्षीय दल बहादुर बिक रहेका छन् ।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त गहनाहरूसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।