काठमाडौंमा खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ १२ गते।

पूर्वसैनिक बच्चुराम गुरुङबाट पचास लाख लुटेर फरार भएका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूले ४८ घण्टाभित्र पक्राउ गर्न सफल भएको हो। पक्राउ पर्नेमा रसुवा उत्तरगया गाउँपालिका-३ खड्कुका ३६ वर्षीय तेन्जिङबहादुर तामाङ, नुवाकोट दुप्चेश्वर गाउँपालिका-६, कटजुनका ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङ्मो गाउँपालिलका-५ गोलजुङका ३८ वर्षीय दावाछिरिङ तामाङ, दाङ पुरन्धारा-९ का ३८ वर्षीय वेदबहादुर भनिने भीमबहादुर घर्तीमगर, रामेछाप मन्थली नगरपालिका-९ का ३६ वर्षीय कुमारबहादुर बुढाथोकी र रसुवा उत्तरगया गाउँपालिका-२ खड्कुका २८ वर्षीय संजित वाइबा रहेका छन्। महनगरीय अपराध महाशाखा टेकुका अनुसार लुटेराले गुरुङलाई खुकुरी, फलामको लठ्ठी देखाइ आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख रुपैयाँ लुटेको जनाएको छ। त्यो रकममध्ये प्रहरीले उनीहरूको साथबाट १८ लाख ७५ हजार पाँच सय रुपैयाँ नगदसहित ४ थान मोटर साइकल, सुनको औंठी, विभिन्न बैकका चेक र मोबाइलहरू बरामद गरेको छ। अन्य रकम भने उनीहरूले विभिन्न प्रयोजनमा खर्च गरिसकेको एसपी मुकेश कुमार सिंहले बताए।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *