भारतबाट नेपाल ल्याइँदै गरेको ७० किलो सुर्ती बरामद

अनलाईन न्युजपाटी,झापा,समाचारदादाता,माघ १२ गते।

प्रहरीले भारतबाट नेपाल ल्याइँदै गरेको ७० किलो सुर्ती बरामद गरेको छ । झापाको पश्चिम दक्षिणी भारतीय सीमावर्ती क्षेत्र गौरीगञ्जबाट प्रहरीले ठूलो परिणाममा सुर्ती बरामद गरेको हो ।इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराईका अनुसार गेउरिया पुल नजिकै साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ७० किलो अवैध सुर्ती आज बिहान बरामद गरिएको हो ।गौरीगञ्ज, कोरोबारी, कुञ्जीबारी, महाभारा, शिवगञ्ज, झापा बजारलगायत जिल्लाका पश्चिम दक्षिण भारतीय नाकासँग जोडिने क्षेत्रमा भारतबाट अवैध रुपमा भारी मात्रामा सुर्तीको ओसारपोसार हुने गरेको सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रमा कडाइ गरिएको प्रहरी निरीक्षक भट्टराईले बताए ।बरामद गरिएको सुर्ती छोटी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *