७१ औं गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावास द्धारा नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग

 अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ ११ गते।

७१ औं गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग गरेको छ।  नेपालस्थित भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवशरमा नेपालका विभिन्‍न अस्पताल तथा गैरनाफामुलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो।  दुतावासले विभिन्‍न शैक्षिक संस्थाहरुलाई ६ वटा बस समेत सहयोग गरेको छ। नेपालस्थित भारतीय दूतावसमा भएको एक कार्यक्रमबीच वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान पनि गरेको छ।  दूतावासका अनुसार १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरिएको हो ।  कार्यबाहक राजदूत डा. अजय कुमारले सात वटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तकसमेत प्रदान गरे। कार्यबाहक राजदूत अजय कुमारले गणतन्त्र दिवसका अवसरमा भारतीय राष्ट्रपतिले दिनुभएको शुभकामना सन्देश पढेर सुनाएका हुन्।  भारतले नेपालको आर्थिक विकासको यात्रामा हातेमालो गर्ने प्रतिवद्धता समेत गरेको छ। विभिन्न समय र सन्दर्भमा भारतले नेपालका नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल तथा गैर नाफामुलक संस्थाहरुलाई ७ सय ८२  एम्बुलेन्स र विभिन्न शैक्षिक संस्थाहरुलाई १ सय ५४ बस प्रदान गरेको छ। गणतन्त्र दिवसका अवसरमा इण्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागी थिए।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *