अनलाईन न्युजपाटी,रौतहट,समाचारदादाता,माघ १२ गते।
रौतहटको चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला परेको छ ।चन्द्रनिगाहपुर गौर सडकको नेपाल बैंक अगाडि एउटा ब्याग र बोरा बिहानैदेखि देखिएपछि प्रहरीले बम रहेको आशंका गरेको छ । शंकास्पद रहेको स्थानलाई घेरा हालेर राखिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बताए । डिष्पोजल टोली गौरबाट आउन केही समय लाग्ने भएका कारण सो शंकास्पद बस्तु भएको स्थानमा सर्बसाधारणलाई जान दिइएको छैन ।