अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदादाता,माघ १६ गते।
विराटनगर महानगरपालिका ८ की ११ वर्षीया बालिका रुपमती दासलाई अपहरण गरि सामुहिक बलात्कार गरेर हत्या गर्ने २५ बर्षिय अब्वास अन्सारी र १९ बर्षिय चन्दु महतोलाई अदालतले आजिवन कैद सजाय गर्ने फैसला सुनाएको छ ।बिहिबार जिल्ला अदालत मोरङका न्यायधिश तेजबहादुर खडकाको इजलासले रुपमतीमाथि भएको बलात्कार र हत्या कसुरलाई जघन्य ठहर गर्दै छिमेकी समेत रहेका अभियुक्तलाई बाँचुन्जेल जेलमा राख्ने फैसला सुनाएको हो ।अदालतले बालिकाको परिवारलाई अभियुक्तहरुबाट जनही ५० हजार क्षतिपूर्ती भराउन पनि फैसला गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए ।अदालतको आदेश अनुसार हाल पुर्पक्षकालागि हिरातसमा रहेका दुबै अभियुक्त्तले फौजदारी अपराध संहिता २०७४ को दफा ४१ र दफा १७७ को उपदफा २ अनुसार जिवित रहेसम्म जेलमा बस्नुपर्ने छ ।अभियुक्त अब्बास र महतोले १२ माघ २०७५ मा छिमेकमा साँझ टिभी हेर्न गएकी बालिका रुपमतिलाई अपहरण गरि मुख थुनेर सामुहिक बलात्कार गरेर हत्या गरि शव फालिदिएका थिए । रूपमतिको शव १३ माघ दिउँसो घर नजिकैको सिँघिया खोलामा नग्न अवस्थामा फेला परेको थियो ।मोरङ प्रहरी प्रदेश अनुसन्धान व्यरोको १७ दिनको लामो अनुसन्धापछि उनीहरुलाई पक्राउ गरेर प्रहरीले अदालतमा जवस्ती करणी र कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गराएको थियो ।