मकवानपुरबाट लागूऔषध गाँजा र अफिमसहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,मकवानपुर,समाचारदादाता,माघ १६ गते।

मकवानपुरबाट प्रहरीले लागूऔषध गाँजा र अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरी टोलीले बुधबार राति ९:३० बजे हेटौंडा १९ नेवारपातीस्थित पूर्वपश्चिम लोकमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा ६३ केजी गाँजा र ३ सय ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको हो ।मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बा ३ च ५९९७ नम्बरको बोलेरो पिकअप गाडी चेक गर्ने क्रममा गाँजा र अफिम फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेशसिंह राठौरले जानकारी दिए । उनले गाडी चेक जाँच गर्दा पछाडिको भागमा फल्स बटम बनाइ लुकाइ ल्याएको २१ वटा प्लाष्टिकको पोकामा ६३ केजी गाँजा र ३ सय ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा पर्सौनी गाउँपालिका ६ का २८ वर्षीय रामजी साह तेली र आदर्श कोतवाला गाउँपालिका २ का ३० वर्षीय प्रेम पटेल रहेका छन् । प्रहरीले बिहिबार दिउँसो अभियुक्त सार्वजनिक गर्दै आवश्यक अनुसन्धान थालिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *