टेलिकम कम्पनीको तार चोरी गर्ने तीन जना कर्मचारी पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ १६ गते।

टेलिकम कम्पनीको फोरजी सेवा बिस्तारको ठेक्का पाएको कम्पनीबाट तार चोरी गर्ने तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरि बिहीबार सार्वजनिक गरेको छ ।तार चोरी गरेर कवाडीलाई बेचेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कीर्तिपुरका ३२ वर्षीय नरेन्द्र केसी, सर्लाही घर भइ कलंकी बस्ने ४६ वर्षीय पन्नालाल साह र सिन्धुपाल्चोक घर भइ टौदह बस्ने ३५ वर्षीय श्याम श्रेष्ठ छन् । केसीलाई मंगलबार कीर्तिपुरबाटै पक्राउ गरेपछि उनले नै श्रेष्ठको गाडी प्रयोग गरी तार चोरेर लगेको र साहलाई बेचेको खुलेको थियो । उनीहरूका साथ प्लास्टिक हटाइएको तामाको एक क्विन्टल तार र चोरीका क्रममा प्रयोग गरिएको बा ८ च ८०१६ नम्बरको गाडी नियन्त्रणमा लिएको छ । नेपाल टेलिकमको फोरजी सेवा विस्तारको ठेक्का पाएको कम्पनीको गोदामबाट शनिबार बिहान तार चोरी भएको थियो । ‘यस अघि पनि त्यहाँ चोरीको घटना भएका छन्,’ कीर्तिपुर वृत्तका डिएसपी छेदिलाल कामतीले भने, ‘हामी त्यसबारे पनि अनुसन्धान गर्दैछौं ।’ बजार मूल्य प्रति केजी १८ सय रूपैयाँ पर्ने तार उनीहरूले ५ देखि ७ सय रूपैयाँमा कवाडीलाई बेचेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *