डडेल्धुरामा अज्ञात समूह द्धारा नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अपहरण गरी निर्घात कुटपिट

अनलाईन न्युजपाटी,डडेल्धुरा,समाचारदादाता,माघ १७ गते।

डडेल्धुरामा अज्ञात समूहले नेपाल कम्युनिष्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अपहरण गरी निर्घात कुटपिट गरेको छ।शुक्रबार १२ बजेपछिको समयमा उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेकोे प्रहरीले जनाएको छ। जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट बाँचेकी छन्।आलिताल तालभन्दा करिब पाँच सय मिटर माथि चौर वण्डले भन्ने स्थानमा मुकुण्डो धारी समूहले जोशीमाथि अपहरण र कुटपिट गरी गम्भीर घाइते बनाएको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीले जानकारी दिए। अज्ञात समूहको कुटपिटबाट जोशीको खुट्टा भाँचिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ। उनलाई उपचारका लागी एम्बुलेन्समार्फत धनगढी ल्याइएको छ। घटनापछि प्रहरीले मुकुण्डो धारी समूहको खोजीकार्य तीव्र पारेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *