अनलाईन न्युजपाटी,दोलखा,समाचारदादाता,माघ १८ गते।
नुवाकोटको बिदुर नगरपालिका १ त्रिशुलीबजारका हिराकृष्ण श्रेष्ठले संचालन गरेको श्रेष्ठ होटलबाट १२ तोला सुन चोरी गरि फरार भएकी एक महिलालाई प्रहरीले दोलखाबाट पक्राउ गरेको छ ।दोलखाको विगु गाउँपालिका ४ लादुक स्थायी घर भई नुवाकोटको विदुरमा बस्दै आएकी आस्था नाम बताउने नम्रता श्रेष्ठलाई १२ तोला सुनसहित दोलखा प्रहरीले चरिकोटस्थित सातदोबाटो चोकबाट पक्राउ गरेको हो । प्रहरीले विशेष सुचनाका आधारमा खानतलासी गर्दा उनको ब्यागमा १२ तोला सुन भेटिएको र उनलाई पक्राउ गरि नुवाकोट पठाइएको डिएसपी रेबतीरमण पोखरेलले जानकारी दिए । चोरी गरेको उक्त सुन नम्रताले चरिकोटका केही गहना पसलहरुमा बेच्न खोजेको तर बिल नभएका कारण बिक्रि गर्न नसकेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।