कैलालीको गोदावरी नगरपालिकामा रोकिएको ट्रकमा बस ठोक्किदा ३५ जना घाईते

अनलाईन न्युजपाटी,कैलाली,समाचारदादाता,माघ १८ गते।

कैलालीको गोदावरी नगरपालिकामा रोकिएको ट्रकमा बस ठोक्किदा ३५ जना घाईते भएका छन्। दाङबाट दिल्ली जादै गरेको ना ७ ख ५६३० नम्बरको बस ना ३ ख १४२४ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किदा ३५ जना घाईते भएका हुन्।घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको र अन्यको अवस्था समान्य रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले बताए। घाईते सबैको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *