काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा अवैध र अनैतिक कार्यमा संलग्न ७३ जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ १९ गते।

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा प्रहरीले छापा हानेर यौनकार्यमा संलग्नहरूलाई पक्राउ गरेको छ ।छापाका क्रममा प्रहरीले अवैध र अनैतिक कार्यमा संलग्न ७३ जनालाई पक्राउ गरेको जनाइएको छ ।प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति सञ्चालन गरेको स्टिङ्ग अप्रेसनका क्रममा ७३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ३७ पुरुष, ३२ महिला र ४ तेस्रोलिंगी छन् ।महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार, लागू औषध दुर्व्यसनी, वेश्यावृत्ति र मापदण्डविपरीत व्यापार व्यवसाय सञ्चालनमा संलग्न रहेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *