अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ १९ गते।
माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरमा आयोजना हुने आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्नका लागि अमेरिकी टोली आज साँझ काठमाडौँ आउँदैछ । दुई सातादेखि भारतमा तयारी गरिरहेको अमेरिकी टोली आज साँझ ८ बजे नेपाल आउने नेपाल क्रिकेट सङ्घ ले जनाएको छ । ओमन भने सोमबार नेपाल आउने बताइएको छ । भारत, अष्ट्रेलिया र अफ्रिकन मुलका खेलाडीको बाहुल्यता रहेको अमेरिकी टोलीका खेलाडीहरुमा सौरभ नेट्रावाल्कर , स्टेभेन टेलर, करिमा गोरे, इयान होल्यान्ड, अक्षय होमराज, एल्मोरे हट्चिनसन, आरोन जोन्स, नोस्थुश केन्जिगे, जेभिएर मार्शल, मोनाङक पटेल, तिमिल पटेल, निसराग पटेल, क्यामरोन स्टेभेन्सन र रस्टी थेरन रहेका छन् ।