ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा भीषण आगलागी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ १९ गते।

ललितपुर महानगरपालिका-२, बखुण्डोलस्थित एक कवाडी गोदाममा ठूलो आगलागी भएको छ । आइतबार बिहान लगभग सवा ११ बजे आगलागी सुरु भएको थियो । आगलागीमा परी ५ जना घाइते भएका छन् । ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका र नेपाली सेनाको दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।उक्त कवाडी गोदामका संचालक सीतामडी घर भइ सानेपा बस्ने नन्दप्रसाद जैसवाल पनि घाइते भएका छन् । आगलागी सुरु भएपछि भाग्ने क्रममा उनको खुट्टा काटेको बताइएको छ । यस्तैमोतिहारी घर भइ सानेपा बस्ने ४५ वर्षका धर्मनाथ जैसवालको भने तिघ्रा र खुट्टा जलेको छ । दुवैको किर्तिपुरको बर्न अस्पताल उपचार भइरहेको छ । अन्य तीनजना भने सामान्य घाइते मात्रै भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *