कैलालीको बलियामा सुरक्षाकर्मी र प्रदर्शनकारी बीच झडप हुदा १० जना घाइते

अनलाईन न्युजपाटी,कैलाली,समाचारदादाता,माघ २० गते।

 कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियामा सुरक्षाकर्मी र प्रदर्शनकारी बीच झडप भएको छ । झडप हुदा १० जना घाइते भएका छन । सडक दुर्घटनामा परी शनिबार लम्कीचुहा नगरपालिका ६ लुहारपुरका मायाराम चौधरीको मृत्यु भएको थियो । मृतक चौधरीले चलाएको से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुदा घटनास्थलमै मृत्यु भएको थियो। पीडितले न्याय पाउनु पर्ने माग गर्दै प्रदर्शनकारीले दिनभर पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।शुक्रबार राति देखि नै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका मृतकका समर्थक र प्रहरीबीच राजमार्ग खुलाउने विषयमा विवाद हुदा झडप भएको हो । प्रदर्शनकारीले प्रहरी माथि ढुङ्गा र इँटाका टुक्रा प्रहार गर्दा १० भन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् भने प्रदर्शनकारी समेत घाइते छन्। भीड नियन्त्रण लिन प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेको थियो।  प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग आइतबार दिनभर ठप्प रहेको छ । राजमार्ग ठप्प हुदा सवारी साधन र यात्रीहरु अलपत्र परेका छन् । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका चौधरी पक्षधरले ठक्कर दिने सवारी दोषी तत्काल पत्ता लगाइ कारबाही गर्न र उचित क्षतिपूर्तिको माग गरिरहेका छन् । प्रहरीले ठक्कर दिएको आशंकामा से १ च १७०० नम्बरको एम्बुलेन्स र चालक कालु सिंह भुललाई नियन्त्रणमा लिएर अनुसन्‍धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *