चामल बोकेको ट्रक पुलबाट खस्दा चालक शेरबहादुर गुरुङ घाइते

अनलाईन न्युजपाटी,चितवन,समाचारदादाता,माघ २० गते।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट चामल बोकेको ट्रक खसेको छ ।उक्त ट्रक खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् ।भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ मा आज बिहान दुर्घटना परेको थियो ।दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *