धरान फर्कदैँ गरेको गाडी छेस्के भिरमा पल्टिएर दुर्घटना

अनलाईन न्युजपाटी,धनकुटा,समाचारदादाता,माघ २१ गते।

धनकुटाको आहालेबाट धरान फर्कदैँ गरेको गाडी छेस्के भिरमा पल्टिएर दुर्घटना भएको छ ।धनकुटा गिरिजाप्रसाद कोइराला फाउन्डेसन सागुरिगढी गाउँपालिका समिति, धनकुटाले आयोजना गरेको मिटिङमा सहभागी भएर आहालेबाट धरान फर्कने क्रममा गाडी छेस्के भिरमा पल्टिएर दुर्घटना भएको छ ।दुर्घटनामा नेपाली कांग्रेस धनकुटाका क्षेत्रिय सभापति तथा जी.पी. फाउन्डेसन प्रदेश न. १ का संयोजक इन्दिरा थापा, जिल्ला सदस्य धन राई र महेन्द्र बहुमुखी क्याम्पस धरानका प्राध्यापक जिवन राई घाइते भएका ईलाका प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *