अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदादाता,माघ २१ गते।
विराटनगर महानगरपालिका–१५ हुलास चोकबाट लागूऔषधसहित २१ वर्षीय जय दत्तलाई प्रहरीले पक्राउ गरेको हो ।सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतको टिलुलिया बस्ने जय दत्तलाई पक्राउ गरेको हो ।उनलाई लुपिजेसिक १९ एम्पुल, एभिल १५ एम्पुल, डाइजोल्याब १५ एम्पुलसहित प्रहरीले पक्राउ गरेको हो ।शंकास्पद अवस्थामा हिँडिरहेका दत्तलाई चेकजाँच गर्दा कम्मरको भागमा टेपले लुकाई छिपाई बोकेको अवस्थामा निजलाई पक्राउ गरिएको हो ।