अवैध लागुऔषध पोलेन चार किलोसहित एक जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ २१ गते।

प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध पोलेन चार किलोसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१० स्युचाटार बस्‍ने  मकवानपुर थाहा नगरपालिका–७ का रामबहादुर थापा मगर छन् । मगरको कोठाबाट प्रहरीले पोलेन ४ किलो बरामद गरेको हो ।  यस्तै महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–२५ नख्खुबाट मकवानपुर सिस्नेरीका श्याम लामा र रामेछापका शरण योञ्जनलाई डाईजेल्याप ७८ ट्याबलेटसहित नियन्त्रणमा लिएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *