कञ्चनपुरबाट ११ किलोग्राम चरेश सहित ३ जना पक्राउ

अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदादाता,माघ २४ गते।

कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भाँसीबाट ११ किलोग्राम चरेश सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण व्युरोको टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालययको टोलीले चेकजाँचको क्रममा चरेश सहित ३ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बझाङ केदारस्यु गाँउपालिका-६ का मकर धामी, कञ्चनपुर बेदकोट नगरपालिका-६ गाउँजी गोपाल धामी र बझाङको बुङगल नगरपालिका–२ का जय बहादुर धामी छन् । उनीहरुलाई ब्रह्मदेव लिंक रोड नजिकै बाट गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा सो परिमाणमा चरेश बरामद गरिएको डिएसपी रविन्द्र पौडेलले बताए । पक्राउ पर्नेहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *