अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ २४ गते।
थुनामा रहेको व्यक्तिलाई छुटाइदिने भन्दै घुस लिएको आरोपमा एक वकिल पक्राउ परेका छन् ।पक्राउ पर्नेमा अधिवक्ता टंक रानामगर रहेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई ४२ लाख घुस लिएको भन्दै पक्राउ गरेको हो ।रानाले माइतीघरमा जनन्यायिक कानुनी सेवा नामक ल फर्म पनि संचालन गरिरहेका छन्।राजश्व चुहावट प्रकरणमा थुनामा रहेका राकेश दाहाललाई छुटाइदिने भन्दै उनले उक्त बराबरको घुस लिएको प्रहरीले बताएको छ ।