सिरहामा लागुऔषध गाँजासहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदादाता,माघ २४ गते।

सिरहाको अर्नामा गाउँपालिका १ ईस्लामपुरबाट शुक्रबार दिउँसो प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अर्नामा गाउँपालिका १ ईस्लामपुरका ३२ वर्षीय मोहम्मद सकिल र नरहा गाउँपालिका १ देविपुरका ३५ वर्षीय राजिन महरा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मोहम्मद सकिलको घरमा प्लास्टिकको बोरामा लुकाएर राखेको तयारी अवस्थाको १२ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले बताए ।प्रहरीले गोप्य सूचनाको आधारमा सकिलको घरमा खोजतलास गर्दा गाँजा बरामद गरेको हो । पक्राउ परेका दुवैलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *