अनलाईन न्युजपाटी,जनकपुरधाम समाचारदाता,माघ २४ गते।
जनकपुरधामको जानकी मन्दिरमा आज एक विशेष कार्यक्रमकाबीच ‘आइ.एम.ई पैसा कार्डको जन चेतना मुलक कार्यक्रम सुरुवात भएको छ । “छोयो.तिर्यो.चल्यो” सजिलै प्रयोग गर्न सकिने यो कार्ड भएसँगै जनकपुरधाम नेपालकै पहिलो क्यासलेस शहर भएको छ । उक्त कार्यक्रममा आइ.एम.ई तर्फबाट हेड आफिसका प्रतिनिधि माधव कटुवाल, बन्देश अधिकारी त्यस्तै क्षेत्रीय आफिसबाट पदम दहाल र बिपिन चौधरी साथै स्थानिय स्तरमा उच्च जन-सहभागिताको बाकुलो उपस्थिति थियो । आईएमई डिजिटल सोलुसन लिमिटेडले जनस्तरसम्म वित्तीय पहुँज पुर्याउन र जनकपुरलाई क्यासलेस बनाउन डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामबीच साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । आइ.एम.ई पैसा कार्डको प्रयोगले डिजिटल वित्तिय प्रणाली प्रयोग संगै नोट र सिक्का जस्ता भौतिक रुपमा भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्त हुन सकिने छ।
के हो त “आइ.एम.ई. पे” ?
‘आइ.एम.ई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।
नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ।
आइ.एम.ई पैसा कार्ड भनेको पैसा सरह नै प्रयोग गर्न सकिने कार्ड हो । आइ.एम.ई को कुनै पनि एजेन्ट कहाँ गएर यो कार्ड सजिलै लिन सक्नुहुन्छ ।
आइ.एम.ई पैसा कार्डमा राखिएको पैसाबाट तपाईले ४ प्रतिशत व्याजदर कमाउन सक्नुहुन्छ अर्थात् पैसाले नै पैसा कमाउने छ ।