रुपन्देहीमा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

अनलाईन न्युजपाटी,बुटवल,समाचारदादाता,माघ २४ गते।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना २ कालिकाचोकमा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । प्रहरीका अुनसार दुर्घटनामा रोल्पा नगरपालिका– ३ खुमलेका २५ वर्षका ताराप्रसाद केसीको मृत्यु भएको हो ।पश्चिमतर्फ जाँदै गरेको लु २६ प ८१८० नम्बरको मोटरसाइकलले लु २ ख ३७९८ नं को टिपरलाई उछिन्न खोज्दा अनियन्त्रित भई पल्टिएको थियो । उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालक भने इलाका प्रहरी कार्यालय मुर्गियाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *