सिरहामा बस्ने तेजनारायण चौधरीको २४ बर्षको छोरा मिथिलेश चौधरीको रहस्यमय मृत्यु

अनलाईन न्युजपाटी,सिरहा,समाचारदादाता,माघ २५ गते।

सिरहाको लहान नगर पालिका -३ बस्ने तेजनारायण चौधरीको २४ बर्षको छोरा मिथिलेश चौधरीको मृत्यु भएको छ । चौधरी एक महिना अगाडि देखी लहान स्थित रहेको यातायात कार्यालय अगाडि लेखा पडिको काम दिपक महतोको समुहमा रहि गर्दै थियो । मिथिलेश बिहिवार बेलुका ३:३० बजेको समयमा घर बाट खाजा खाएर बजार तिर निस्केको चौधरी राती बेहोस अबस्थामा भेटिएको छ । चौधरीको जीउ भरी माटो र हिलो लागेको थियो । चौधरी लाई  एक जना आफन्तले फोनगरे बुवा तेजनारायण चौधरीलाई भन्दा छोरा मिथिलेशको अबस्था गम्भीर छ् सुन्दै बुवा चौधरी बेहोस भए । छोरा मिथिलेश लाई उपचारको लागी लहान अस्पतालमा ल्याउदै गर्दा बाटोमै  मृत्यु भई सकेको अस्पतालको डाक्टरले बताएका छ्न।मृत चौधरीको सब पोस्टमार्टमको लागी सबलाई  गृहमा राखीएको छ् । बुबा तेजनारायण चौधरीको अनुसार केटाहरुसंग झगडा गरेर यस्तो घटना  भएको अनुमान गरेको बताए । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाले अनुसन्धान गरि रहेको सिरहाको प्रहरी प्रमुख उमा प्रसाद चतुर्बेदीले जानकारी दिए। घटना संकास्पद छ  अनुशन्धानको क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ् । शव लाई पोस्टमार्टम  लहान स्थित नगर्ने   बाहिर लगने उनले भने । मृतक चौधरीको साबिकको घर सप्तरीको खडक नगरपालिका ९ बजराही गुठी रहेको थियो । बुबा तेजनारायण  चौधरीले बिगत २० बर्ष अगाडि देखी सिरहाको लहान स्थित बन कार्यालय मा कार्यरत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *