बझाङमा १६ वर्षीय विद्यार्थी मृत फेला

अनलाईन न्युजपाटी,बझांग,समाचारदादाता,माघ २५ गते।

बझाङमा १६ वर्षीय विद्यार्थी मृत फेला परेका छन्। जिल्लाको बित्थड चिर गाउँपालिका–५ मा रहेको जंगलमा करन सिँह महरको शव फेला परेको हो। देवेश्वरी माध्यमीक विद्यालयमा कक्षा १० मा अध्यनरत उनी शुक्रबार साझ घरबाट हिडेको उनका बुवा शालिभान महरले बताए।  शनिबार विहान घरबाट झण्डै १ सय ५० मिटरको दुरीमा रहेको जंगलमा रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक गणेश बमले बताए।  शवलाई पोष्टमार्टमका लागी देउलेक प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको उनले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *