अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदादाता,माघ २६ गते।
कञ्चनपुरमा प्रहरीले अवैध काठ बरामद गरेको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ र ७ को सिमनामा पर्ने स्याली खोलामा लुकाईछिपाई राखेको अवस्थामा ८४ क्युफिट अवैध बरामद गरिएको प्रहरीले जनाएको छ।ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक रणबहादुर चन्दले शुक्रबार उक्त अवैध काठ बरामद गरिएको जानकारी दिए। बरामद गरिएको काठ कुण्डा सव डिभिजन कार्यालय पचकडियालाई बुझाईएको प्रहरी निरिक्षक चन्दले बताए।