इटहरीका मेयर इटहरीमा सडक अतिक्रम गरेको भन्दै सुकुम्बासी बस्तीमा डोजर चलाए

अनलाईन न्युजपाटी,इटहरी,समाचारदादाता,माघ २६ गते।

इटहरीका मेयर द्वारिकलाल चौधरीले इटहरी १० मा सडक अतिक्रम गरेको भन्दै सुकुम्बासी बस्तीमा डोजर चलाएका छन । इटहरी १० ल्याण्डफिल्ड साईड जाने कालोपत्रे सडक आसपासमा बस्दै आएका केही घरमा शनिबार विहान मेयर चौधरी आफैले डोजर लिएर बस्ती भत्काएका हुन ।लामो समय देखि ल्याडफिल्ड जाने बाटो अतिक्रमण गरेर बस्दै आएका सर्वसाधरणहरुको घरमा डोजरले घर भत्काई दिएका हुन । डोजर, नगरप्रहरी, नेपाल प्रहरी र दमकलसमेत लिएर बस्ती भत्काउन पुगेको इटहरीका मेयर तीन घर भत्काएर फर्किएका थिए । तीन बर्षदेखि मौखिक निर्देशन नमाने पछि अहिले घर भत्काएको मेयर चौधरीले बताए ।सडक क्षेत्रको जग्गामा बाटो अतिक्रमण गरेर बनाएको घर टहरा नहटाए पछि आफुले डोजर बोलाएर ३ वटा घरको संरचना भत्काईदिएको इटहरीका मेयर द्वारिकलाल चौधरीले बताए । कालोपत्रे गर्ने आएको बजेट सुकुम्बासीहरुले अतिक्रमण गरेकै कारण फ्रिज हुदै आएको मेयर चौधरीको आक्रोस थियो । उनले बारम्बार मौखिक अनुरोध गर्दा समेत बाटोको जग्गा छोडेनन,मैले भत्काईदिए उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *