सिन्धुलीको दुधौलीमा ट्रयाक्टर दुर्घट्ना हुदा एक जनाको घट्ना स्थलमै मृत्यु,१३ जना घाईते

अनलाईन न्युजपाटी,सिन्धुली,समाचारदादाता,माघ २६ गते।

सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १ मा ट्रयाक्टर दुर्घट्ना हुदा एक जनाको घट्ना स्थलमै मृत्यु भएको छ भने १३ जना घाईते भएको छ । घाईते मध्य ३ जनाको अबस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।आज दिउसो साढे चार बजेको समयमा लु ८३ त ६८९० नम्बरको ट्रयाक्टर दुधौली नगरपालीका वडा नम्बर १ टोड्केपानी जंगल स्थित डकाहा चकमके सडक खण्डमा जंगलबाट दाउरा लोड गरी डकाहा तर्फ जादै गर्दा ब्रेक फेल भई दुर्घट्ना भएको हो ।दुर्घट्नामा परी दुधौली नगरपालीका १ गिजियानी निवासी ७० बर्षको ब्रमलाल धामीको घट्ना स्थलमै मृत्यु भएको छ ।गम्भिर घाईते हुनेहरुमा गिजियानी निवासी ५२ बर्षको भरोसा धामी, ४८ बर्षको राम कुमार धामी र २२ बर्षको शुक्ला धामी रहेको छ ।घाईते हुनेहरुमा सोही ठाउको दबु धामी, दिपेश पुरी, सिता धामी, मिरा धामी,सुनीता चौधरी, मनिसा कुमर, कुमारी कुमर, लक्ष्मण कुमर, रामकुमार कुमर र चालक कुल बहादुर तामाङ रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *