धनगढीमा नक्कली प्रहरी बनेर रकम असुल्ने तीन जना पक्राउ

अनलाईन न्युजपाटी,धनगढी,समाचारदादाता,माघ २९ गते।

धनगढीमा नक्कली प्रहरी बनेर रकम असुल्ने तीन जना पक्राउ परेका छन्। जिल्ला बझाङ्ग खप्तडछान्ना गाउँपालीका वडा नम्बर १ घर भई धनगढी उप–महानगरपालिका वडा नम्वर ७ मनहेरा बस्ने ३२ बर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालीका वडा नम्बर ५ हसनपुर बस्ने ३५ बर्षका गौरव हमाल र कन्चनपुर पुनर्वास नगरपालिका वडा नम्वर ५ घर भई धनगढी उप महानगरपालीका वडा नम्वर १ बस्ने ३३ बर्षका किशन सिजापतीलाई पक्राउ गरिएको हो। माघ २ गते धनगढी उपमहानगरपालीका वडा नम्बर ३ बडहरा घर भइ मिलनचोक स्थित चन्द्रभान शर्माले संचालन गरेको रिक्सा, साईकल मर्मत पसलबाट उनीहरुले रकम असुली गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।शर्मालाई भारतिय नम्बर प्लेटको मोटरसाईकल चोरीको हो र आफुहरु जिल्ला प्रहरी कार्यालयबाट आएका हौँ भन्दै तीन जनाले दुई हजार पाँच सय रकम असुली गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *