दिल्लीमा फेरि एक पटक आम आदमी पार्टीले प्रचण्ड बहुमतका साथ सरकार बनाउने निश्चित

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदादाता,माघ २८ गते।

दिल्लीमा फेरि एक पटक आम आदमी पार्टीले प्रचण्ड बहुमतका साथ सरकार बनाउने निश्‍चित भएको छ ।दिल्ली विधानसभा चुनावको पूरा परिणाम आइसकेको छैन तर प्रारम्भिक मतपरिणामअनुसार आम आदमी पार्टीले ७० सिटमध्ये ५८ सिटमा अग्रता बनाएको छ । दिल्लीमा सरकार बनाउन ३५ सिट आवश्यक पर्छ । भारतीय जनता पार्टी १२ सिटमा अगाडि रहेको छ। कांग्रेस भने एक सिटमा पनि अगाडि छैन। ७० सिट रहेको दिल्ली विधानसभाको चुनाव फेब्रुअरी ८ मा भएको थियो।मुख्यमन्त्री केजरीवाल नई दिल्ली विधानसभा सिटबाट करिब ८ हजार मतले अगाडि रहँदा उपमुख्यमन्त्री मनिष सिसोदिया भने पटपडगञ्जबाट एक हजार मतले पछाडि रहेका छन्। यहाँ चौथो चरणको मात्रै मतगणना भएको छ।यहाँ अझै १४ चरणको मतगणना बाँकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *