सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना गम्भिर घाइते

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ २९ गते।

सल्यानको चोरखोलामा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । सल्यानको कपुरकोटबाट बुटवल आउँदै गरेको सेनाको गाडी सल्यानको चोरखालामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।कपुरकोट गाउँपालिका वडा नम्वर ३ चोरखोलामा सेनाको लु १ ग १२३ नम्वरको गाडी दुर्घटनाग्रस्त भएका हो । मृत्यु हुनेमा नेपाली सेनाका जवान २९ वर्षीय यादवराज ढरेल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको गाडी सबुज गणको रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा मेजर ईश्वर सिलवाल ,जवान रोशन हिटन, हवल्दार जय प्रकाश बोहोरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठ छन् ।घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ६ जनाको उपचार भइरहेको प्रहरी निरीक्षक हरिहरनाथ योगीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *