अनलाईन न्युजपाटी,कैलाली,समाचारदादाता,माघ २९ गते।
कैलालीमा गुप्ताङ्गमा लागु औषध ब्राउन सुगर लुकाएर ल्याउने एक जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिकाबाट ब्राउन सुगर जानकी गाउँपालिका वडा नम्बर ८ का भोक्सीका २४ वर्षीय सुनिल भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले से २ प ७४९७ नम्बरको मोटरसाइलकलमा सवार चौधरीलाई चेकजाँचका क्रममा लागुऔषध भेटेपछि पक्राउ गरिएको बताए।उनको साथबाट १५ ग्राम ब्राउन सुगर बरामद गरिएको छ।