सुन पसलबाट चोरी भएको सुनसहित तीन भारतीय नागरिक पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ २९ गते।

प्रहरीले एक साता अघि ललितपुरको पुल्चोकमा रहेको एक सुन पसलबाट चोरी भएको सुनसहित तीन भारतीय नागरिक लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको संयुक्त टोलीले उनीहरुलाई काठमाडौंको सतुंगलबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट एक करोड रुपैयाँ बराबरका चोरी भएका सुनका सामान नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए । पक्राउ पर्नेमा सुरज पोद्दार, नविन पोद्दार र रञ्जन पोद्दार रहेको प्रहरीले जनाएको छ ।उनीहरुले यही माघ २० गते राति शाक्य ज्यास पसल फोडेर झण्डै २ करोड रुपैयाँ बराबरका सुनचाँदीका सामान चोरी गरेका थिए । उनीहरुको साथबाट सुनका सामान बरामद गरिएको भए पनि चाँदीका सामान भने बरामद नभएको प्रहरीले जनाएको छ । प्रहरीले पसलमा रहेको सिसिटिभी फुटेजको गहिरो अध्ययन गरेको र सुराकीका आधारमा उनीहरुलाई पक्रन सफल भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *